काठमाडौँ ।

काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको (होल्ड गरिएको) छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो १२ः ३३ बजे एक  सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको हो । रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र राजमार्गमा जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ