काठमाडौँ, १४ साउन: प्रधानन्यायाधीश डा मनोज शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।


सर्वोच्च अदालतमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानन्यायाधीशबाट शपथ लिएपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई शपथग्रहण गराउनुभयो ।
संसदीय सुनुवाइ समितिले बुधबार प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संवैधानिक परिषदद्को सिफारिसमा संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई नियुक्त गर्नुभएको थियो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










