काठमाडौँ, ३० असारः


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको तर्फबाट सांसद युवराज दुलालले सरकारलाई महँगी, कालाबजारी र विचौलियातन्त्रलाई नियन्त्रण गरि जनतालाई राहत दिनु पर्ने माग राख्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा रोष्ट्रममा उपस्थित भई सांसद दुलालले सरकारको गतिविधि जनतामुखी हुनुपर्ने धारणा राख्नुभयो । सरकारले सुशानको पक्षमा प्रभावकारी जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाइ थियो । सुकुमवासीको होल्डिङ सेन्टरको अवस्था जति सक्दो छिटो समाधान गर्न सांसद दुलालले सरकार समक्ष माग गर्नुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










