३० असार, काठमाडौं

 यातायात सर्भर लगातार दोस्रो दिन पनि अवरुद्ध भएको छ । जसले गर्दा देशैभरि लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको छ ।

यातायात व्यवस्था विभागले आर्थिक वर्ष अन्तिममा सर्भरमा अत्यधिक चाप बढ्दा सेवा अवरुद्ध भएको दाबी गरेको छ । यातायात कार्यालयहरूका अनुसार आज अपराह्नसम्म सर्भर चलेको छैन ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले आज सवारी चालक अनुमतिपत्र प्रणाली अवरुद्ध भएको जानकारी गराएको छ । कार्यालयले सोमबार सूचना निकाल्दै ‘ईडीएल’ र ‘भीआरएस’ प्रणाली अवरुद्ध भएको जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ