बागमती, १८ साउनः मकवानपुरमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकका अनुसार गत आवमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका ८७५ रहेका छन् ।


त्यस्तै अंश दर्ता चलनका ३०४, लागुऔषधका २३९, लेनदेनका १९२, बैङ्किङ कसुरका ११९ र लिखत बदरका ११० मुद्दा दर्ता भएका उहाँले जानकारी दिनुभयो । जालसाजीका ९९, चोरीका ७५, सवारी, ज्यान र अङ्गभङ्गका ५३ तथा जबर्जस्तीकरणीका ४६ वटा मुद्दा दर्ता भएका अदालतले जनाएको छ । अदालतले गत आवमा कुल दुई हजार ३१५ वटा मुद्दा फस्र्यौट गरेको सूचना अधिकारी कौशिकले जानकारी दिनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










