बीमा भनेको वित्तीय बचत र जोखिम हस्तान्तरण भन्ने बुझिन्छ। तर यो जोखिम हस्तान्तरण मात्र होइन, एक अभिभावकको भरोसाको केन्द्र र बालबालिकाको जीवनको आधारसमेत हो। अभिभावकले आज गरेको सानो बचतले भोलि आफ्ना सन्तानको शिक्षा, स्वास्थ्य, सपना र उज्ज्वल भविष्यलाई सुरक्षित बनाउन ठूलो भूमिका खेल्न सक्छ। जीवनमा आउने अनिश्चित जोखिमका बीच परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्नुका साथै बालबालिकाको भविष्य निर्माणका लागि बलियो आर्थिक आधार तयार गर्नु नै बीमाको वास्तविक अर्थ हो।

यही जोखिमलाई ध्यानमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्सले स्वास्थ्य सुरक्षा, आर्थिक संरक्षण र बालबालिकाको उज्ज्वल भविष्यलाई जोडेर बीमा तथा बचतको सन्देश अघि सारेको छ।

सन नेपाललाइफको ‘सन मेडि + केयर’ योजनाले स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थाबाट उत्पन्न हुन सक्ने आर्थिक भार कम गर्न सहयोग गर्ने अवधारणा प्रस्तुत गरेको छ। प्रचार सामग्रीअनुसार यस योजनामा रु. १ लाखसम्मको कभरेज, मेडिकल बिलहरू आवश्यक नपर्ने तथा द्रुत दाबी भुक्तानीजस्ता सुविधालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। साथै, मेडिकल इमर्जेन्सीबाट हुन सक्ने आर्थिक जोखिमविरुद्ध सुरक्षा प्रदान गर्ने सन्देश पनि योजनाले दिएको छ।

स्वास्थ्य सुरक्षा मात्र होइन, परिवारको दीर्घकालीन आर्थिक भविष्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैलाई केन्द्रमा राख्दै सन नेपाललाइफले ‘सुनौलो बाल समृद्धि जीवन बीमा’ मार्फत बालबालिकाको भविष्यका लागि आजैदेखि बचत र वित्तीय योजना बनाउन प्रेरित गरेको छ।

सानो उमेरदेखि नियमित रूपमा बचत तथा बीमाको संस्कार विकास गर्न सके भविष्यमा बालबालिकाको शिक्षा, उच्च अध्ययन, करियर तथा अन्य महत्वपूर्ण आवश्यकताका लागि आर्थिक आधार तयार गर्न सकिने अवधारणा यस योजनामा देखिन्छ। “आजको सानो बचत, भोलिको ठूलो सम्भावना” भन्ने सन्देशले अभिभावकलाई आफ्ना सन्तानको भविष्यका लागि समयमै योजना बनाउन प्रेरित गर्छ।

वास्तवमा बीमा केवल जोखिम परेको समयमा प्राप्त हुने आर्थिक सहयोग मात्र होइन, यो भविष्यप्रतिको जिम्मेवारी र आर्थिक अनुशासन पनि हो। स्वास्थ्यमा आइपर्न सक्ने आकस्मिक जोखिमदेखि बालबालिकाको भविष्य निर्माणसम्मलाई योजनाबद्ध ढंगले अघि बढाउन सके परिवारको आर्थिक सुरक्षा अझ बलियो बन्न सक्छ।

सन नेपाललाइफका यी योजनाहरूले दिएको मूल सन्देश पनि यही हो—जोखिम कहिले आउँछ भनेर पर्खनुभन्दा जोखिम आउनुअघि नै तयारी गर्नु बुद्धिमानी हो। आज गरिएको सही वित्तीय निर्णयले भोलि परिवारलाई आर्थिक रूपमा सुरक्षित र आत्मनिर्भर बनाउन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ