काठमाडौँ, ६ असोज



: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले ‘मौसम पूर्वानुमान एवं बुधबारदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने’ विषयमा जानकारी लिनुभएको छ ।
मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि वर्षाकोे गतिविधि बढ्ने जनाएको थियो ।
बङ्गालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन आज मन्त्रीद्वय मौसम विज्ञान विभाग पुग्नुभएको हो । उहाँहरूले पानी पार्ने प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे विभागका अधिकारीबाट ब्रिफिङ लिनुभएको विभागले जनाएको छ ।
“उक्त प्रणालीको प्रभावले भोलि(बुधबार) देखि नै नेपालमा पानी पर्ने गतिविधि बढ्न सक्छ । यसबारे विभागले नियमित जानकारी गराउने छ”, विभागले जनाएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal












