कर्णाली श्रावण ३०, २०८३
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा कर्णाली प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club Achieversहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार सुर्खेतस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशभरिका ADM तथा Emerging Sun Club Achievers हरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत श्री गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा अभिकर्ताहरूलाई कम्पनीका कर्णाली प्रदेश प्रमुख श्री गोविन्द ढकालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कर्णाली प्रदेशका Deputy Province Head श्री धीरेन्द्रबहादुर शाहले गर्नुभएको थियो
।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालज्यूले कर्णाली प्रदेशमा जीवन बीमाको व्यवसाय विस्तारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै आगामी दिनमा यस क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्न सकिने बताउनुभयो। उहाँले कर्णालीका ADM तथा अभिकर्ताहरू अनुभवी, लगनशील र जिम्मेवार रहेको उल्लेख गर्दै उनीहरूको क्षमता र सक्रियतालाई सही दिशामा परिचालन गर्न सकेमा कर्णाली प्रदेशमा उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रमुख बजार अधिकृत श्री गणेश चौलागाईंले कम्पनीका नीति तथा कार्यक्रमहरूबारे जानकारी गराउँदै आगामी दिनमा अभिकर्ताहरूलाई थप सेवा–सुविधा उपलब्ध गराउने तथा विभिन्न प्रोत्साहनमूलक योजना र स्किमहरू सञ्चालन गरी अभिकर्ताहरूको मनोबल र व्यवसायिक क्षमता अभिवृद्धि गर्ने कम्पनीको योजनाबारे प्रकाश पार्नुभयो। उहाँले अभिकर्ताहरूलाई निरन्तर सक्रिय रहँदै ग्राहक सेवा र बीमा व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। कार्यक्रममा कर्णाली प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club Achieversहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
सम्मान कार्यक्रमले अभिकर्ताहरूमा थप ऊर्जा, उत्साह र आगामी दिनमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्। कर्णाली प्रदेशमा जीवन बीमाको पहुँच विस्तार तथा अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नेतृत्व विकास, अभिकर्ता उत्प्रेरणा, व्यवसायिक क्षमता अभिवृद्धि तथा आगामी व्यावसायिक लक्ष्य प्राप्तिका लागि सकारात्मक वातावरण निर्माण गरेको छ
।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा विस्तार गर्दै आएको छ। कम्पनीले बीमाको पहुँचलाई थप व्यापक बनाउँदै अभिकर्ता सञ्जालको विकास, ग्राहक सेवा र व्यवसाय विस्तारलाई निरन्तर प्राथमिकतामा राख्दै अघि बढिरहेको जनाएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










