सुर्खेत । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी कर्णालीका एक जनाको मृत्यू भएको छ ।


प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, सल्यानका १ जना पुरुषको मृत्यु भएको छ । मंगलबार दिउँसो १२ बजेसम्मको अपडेटअनुसार अझै कर्णालीका १९४ जनाको अवस्था अज्ञात नै छ
यसअघि सम्पर्कविहीन बनेका भनिएका २७० जना थिए । त्यसमध्ये हालसम्म ७५ जना सम्पर्कमा आइसकेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ८१ जना पुरुष छन् । यस्तै, सल्यानका ४० पुरुष, ११ महिला र ३ बालबालिका, सुर्खेतका १५ पुरुष १ महिला, मुगुका ६ पुरुष, ४ महिला १ बालक सम्पर्कविहीन छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










