टेक्सस । अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीका महिला उम्मेदवारहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् । टेक्सस, ओहायो र साउथ क्यारोलिना राज्यमा महिला उम्मेदवारहरू विजयको नजिक पुगेका हुन् ।



यससँगै अमेरिकी राजनीतिक इतिहासमा पहिलोपटक विभिन्न महत्त्वपूर्ण पदमा महिलाको प्रतिनिधित्व स्थापित हुने भएको छ ।
निर्वाचन परिणामअनुसार, टेक्ससमा जिना हिनोजोसा राज्यको पहिलो हिस्पानिक (स्पेनिस भाषासंस्कृतिबाट) गभर्नर बन्ने भएकी छन् । उनले करिब १२ वर्षदेखि पदमा रहेका रिपब्लिकन गभर्नर ग्रेग एबटलाई पराजित गर्ने प्रक्षेपण गरिएको छ । चुनावी अभियानका क्रममा दुवै उम्मेदवारबीच गर्भपतनलगायत सामाजिक तथा सांस्कृतिक मुद्दामा तीव्र मतभेद देखिएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













