स्याङ्जाको गल्याङमा ४४४ मटिर लामो झोलुङ्गे पुल नर्धिारति समयभन्दा अगावै सम्पन्न भई संचालनमा आएको छ । झोलुङ्गे पुल सञ्चालनमा आएसँगै एक घण्टाको यात्रा अब १५ मिनेटमा छोटिएको छ । संघीय सरकारअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौंमार्फत पुल निर्माण गरिएको हो । नगरप्रमुख गुरुप्रसाद भट्टराई ले विस्व समाचारलाई बताए अनुसार पुल निर्माणमा ४ करोड ५६ लाख ५८ हजार २४८ रुपैयाँ ६० पैसा खर्च भएको छ भने भारवहन क्षमता एक हजार ५८ जना मानिस र १३३ मेट्रिक टन रहेको जनाइएको छ ।
यस अघि नगरकै ७ र ८ वडा जोड्ने गरी करादीमा बनेको झोलुङ्गे पुलभन्दा गल्याङमा नर्मिाण भएको पुल ७६ मटिर लामो छ । जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत वर्ष १० असारमा निर्माणको जिम्मा लिएको थियो । १८ महिनाभित्र काम सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले पाँच महिनाअघि नै पुल तयार पारेको नगरप्रमुख भट्टराईले जानकारी गराउनुभयो ।



निर्माण अवधि गुज्रिएर धेरै आयोजना अलपत्र परिरहेका बेला जिल्लाकै लामो पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भएको उनको भनाइ छ । पुल सञ्चालनमा आएपछि बुढाथोकीडाँडा र सेनापुक क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । विशेषगरी व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका लागि ओहोरदोहोर गर्ने स्थानीयलाई समय बचत भएको नगरपालिकाले जनाएको छ ।
पुल बनेपछि गल्याङ नगरपालिका–७ सेनापुक सिधै सिद्धार्थ राजमार्गसँग जोडिएको छ । यसअघि उक्त क्षेत्रबाट राजमार्गसम्म पुग्न करिब एक घण्टा लाग्नेमा अहिले १५ मिनेटमै पुग्न सकिने भएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













