रेवा घिमिरे
इनरुवा , २५ चैत्र



इनरुवा सेवा समाजको अध्यक्षमा गोपाल प्रसाद पोखरेल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा आवद्ध इनरुवाबासीहरुको आज भएको भेलाले पोखरेलको अध्यक्षतामा इनरुवा सेवा समाज तदर्थ समिति गठन गरेको हो ।
भेलाले समाजको अध्यक्षमा गोपाल प्रसाद पोखरेल, उपाध्यक्षमा पुस्कर पोखरेल र विष्णु कुमारी भट्टराई, महासचिवमा सुमन घिमिरे, सचिवमा सन्जय अटल, कोषाध्यक्षमा पशुपति भण्डारी र सहकोषाध्यक्षमा सरल बस्नेतलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यसैगरी भेलाले सदस्यहरुमा कृष्णहरी शर्मा, देवराज निरौला, प्रकाश पोखरेल, निरज गुप्ता, मनोज कुमार चौधरी, कौशल कुमार भट्टराई, कृष्ण प्रसाद पोखरेल र राजेश पोखरेल सर्वसम्मत रुपमा चयन गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएपछी पोखरेलले समग्र इनरुवा क्षेत्रको विकास र समृद्धिका लागि आफूले सरोकारवालाहरुसंग समन्वय गरेर कार्य गर्ने बताउनुभएको छ ।
भेलामा नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री भिम आचार्य लगायतले इनरुवाको विकास र समृद्धिका लागि समाजले कार्य गर्नुपर्ने बताउदै इनरुवाको व्यवस्थित विकासका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
भेलामा काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा आवद्ध इनरुवाबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा नयाँ २०८० को अवसरमा शुभकामना आदान प्रदान पनि गरिएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














