चितवन, ३० वैशाख
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताउनुभएको हो ।


भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उहाँले यो सामान्य घटना नभएको बताउनुभयो । उहाँले घटनामा संलग्न जो सुकै भए पनि कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ ।
शरणार्थीको बिषयमा दबाब आइरहेको बताउँदै उहाँले भन्नुभयो, “जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुनेछ ।”
नेपाली काङ्ग्रेसका उपसभापति समेत रहनु भएका गुरुङले भ्रष्टाचारको मुद्धामा नेताहरु मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिनमा होस भन्ने रहेको उहाँको भनाइ छ । छानविनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उहाँले जानकारी दिनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










