खेलक्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

काठमाडौँ, १५ माघ ः युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघसंस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता संघसंस्थालाई थप क्रियाशील बनाउन लागेको हो ।

खेलकुदलाई व्यावसायिक बनाई यस क्षेत्रको विकासका आयामलाई अघि बढाउन यस क्षेत्रका विभिन्न संघसंस्थाको भूमिका निकै महत्वपूर्ण रहने युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी बताउनुहुन्छ । विज्ञको समूह र असल खेल व्यस्थापनको अनुभव हुने भएकाले खेलकुदको एकीकृत विकास त्यस्ता संस्थाबाट होस भन्ने हेतुले विभिन्न संघसंस्थालाई प्रवद्र्धन गर्दै व्यवस्थापन र गुणस्तर बढाउन मन्त्रालय अघि सरेको जानकारी दिइएको छ ।

नेपालको समग्र खेलकुद विकासमा विभिन्न संघसंस्था र निकायहरु क्रियाशील छन् । खेल क्षेत्रको विकासका लागि नीति निर्माण र सहजिकरणको भूमिका मन्त्रालयले गरेको छ भने कार्यान्वयनको पाटोमा खेलकुदसम्बन्धी सरकारी र यससँग आवद्ध विभिन्न खेलका संघसंस्था क्रियाशील छन् ।

खेलक्षेत्रको प्रमुख विषय भनेको गुणस्तरीय खेलाडी उत्पादन, पूर्वाधार निर्माण र प्रतियोगिता सञ्चालन नै भएको सचिव रेग्मी बताउनुहुन्छ । खेल क्षेत्रको विकास र विस्तारका लागि राज्यले खेलकुदको आधारक्षेत्र विद्यालयसँग सहकार्य गर्न पर्ने टड्कारो आवश्यकता देखिएको छ ।

खेल भन्नासाथ व्यक्तिको इच्छा जागृत हुनुपर्ने भएकाले राज्यले विद्यालयस्तरबाटै आकर्षण र प्रोत्साहन हुने विभिन्न कार्यक्रम घोषणा गर्न आवश्यक रहेको पौडी खेलका प्रशिक्षक एवम् पूर्व च्याम्पिएन नयना शाक्य बताउँनुहुन्छ । खेललाई व्यवसायमा रुपान्तरण गर्दै खेल विधाबाटै खेलाडीकोे जीवनयापन सहज हुने वातावरण बनाउन राज्य र खेलसम्बन्धी विभिन्न संघसंस्थाले ध्यान पु¥याउन सक्नुपर्ने उहाँको भनाइ छ ।

पछिल्ला समयमा खेल क्षेत्रको विकास र विस्तारको मूल दायित्वबाट विमुख भई नेतृत्व हात पार्ने होडबाजीमा मात्र केन्द्रित भएको खेलकुदका संघ संस्थाका नेतृत्वमाथि आरोप लाग्ने गरेको छ । अधिकांश खेलसम्बन्धी विभिन्न संघका नियमित साधारण सभा तथा कार्यक्रम हुन नसकेको हुँदा आन्तरिक लोकतान्त्रिक अभ्यासको आवश्यकता महशुस भएको छ । यद्यपी मुलुकको खेल क्षेत्रको उन्नयनमा खेलसँग सम्बन्धित संघ संस्थाले खेलाडीको क्षमता वृद्धि र प्रतियोगिता प्रवद्र्धनका कार्यक्रम गर्दै आएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्मा २०६ वटा खेलकुदका राष्ट्रिय सघसंस्था दर्ता रहेकामा ती मध्ये २५ वटा खारेजीमा परेको मन्त्रालयले जनाएको छ । खेल खेल्ने स्थान विशेष, प्रतिस्पर्धीको संख्या आधार, खेलिने मौसम, सामग्री वा अन्य कलाजस्ता विषयअनुरुप खेल संघसंस्थालाई वर्गीकरणा गरिँदै आएको छ ।

नेपालमा इन्डोर खेलसँग सम्बन्धित १३५, आउटडोरका ३७ र एसोसिएटका नौ खेल संघ छन् । ती मध्ये टीममा खेलिने १४ र व्यक्तिगत खेलका १६७ रहेको सचिव रेग्मीले जानकारी दिनुभयो । बल खेलसँग सम्बन्धीत २५, मार्सल आर्टका ९४, परम्परागत खेलका १७, एसोसिएटसका ९ र अन्य खेलका ३६ वटा रहेको जानकारी दिइएको छ । मुलुकमा हाल नवीकरण भएका १०३, नवीकरण नभएका ५४, तदर्थ संघ २४ र खारेजी भएका संघसंस्था २५ रहेको मन्त्रालयले जनाएको छ ।

देशमा क्रियाशील रहेका १८१ खेलसंस्था मध्ये १२४ले पछिल्ला आवमा साधारणसभा सम्पन्न गरेका तथा ३१ वटाले नगरेको बताइएको छ । ती मध्ये १४८ खेल संस्थाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । पन्ध्र परम्परागत तथा अन्य विधाका खेल संघ नेपालमा सुरु भई राष्ट्रिय खेलकुद परिषदमा दर्ता भइ क्रियाशील रहेका पाइयो । खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक विकास गर्दै नैतिकवान, अनुशासित र मर्यादित समाज निर्माण गरी यसलाई रोजगारमूलक तथा व्यवसायकारुपमा समेत स्थापित गर्न स्थानीय तहदेखि नै खेलसम्बन्धी कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छः कावा प्रमुख आयुक्त भण्डारी राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ फागुनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न अपिलसमेत गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभएको छ, “स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सबै सरोकार भएकाहरूसँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।” नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागनु ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ । लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गर्नुभएको छ । कावा प्रमुख आयुक्त भण्डारीले उल्लेख गर्नुभएको छ, “लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।” स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उहाँले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ”, उहाँले भन्नुभएको छ । –––

भर्खरै

ट्रेन्डिङ