५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान दर्शकले भरिभराउ भएको छ ।
साँझ ५ बजेदेखि सुरु भएको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।



फाइनल खेल हेर्न पूर्वशिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्तित्वहरू मैदान पुगेका छन् ।
खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । त्रिवि मैदानमा दर्शकहरू उत्साहका साथ खेलको आनन्द लिइरहेका छन् ।
बल्खुदेखि नै एनपीएलको माहोल देखिएको छ । फाइनल खेलका कारण कीर्तिपुर क्षेत्रमा क्रिकेट समर्थकको चहलपहल बढेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













