मनोहरा जेसीजले पाचँ दिवसीय क्यान्सर विरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर सुरु गरिएको सचेतना कार्यक्रम आज पाचौँ दिन सम्म विविध कार्यक्रम गरी स्थानिय समुदायलाई सचेत गराउदै कार्यक्रम सम्पन्न गरेको हो । ४ फेब्रुअरी २०२५ का दिन विस्व क्यान्सर विरुद्धको दिवस पारेर सुरु गरिएको उक्त कार्यक्र ५ दिन सम्म निरन्तर संचालन भएको थियो ।
सचेतना कार्यक्रमको पहिलो दिन क्यान्सर विरुद्ध सचेतनात्मक पर्चा वितरण गर्ने, दास्रो दिन एच पि भि खोपका बारेमा सचेतनात्मक पर्चा प्रकाशन तथा विद्यालयहरुमा खोपको लागि सहजिकरण गर्ने खोपको प्रभावकारीताका बारेमा प्रचार प्रसार गर्ने, तेस्रो दिन क्यान्सर विरुद्ध सचेतनात्मक भिडियो सामाजिक संजालम प्रकासन तथा प्रशारण गर्ने, चौथो दिन स्थानिय समुदायमा सचेतना भ्रमण गर्ने तथा पाचौँ दिन कागेस्वरी मनोहरा नगरपालिका ४ स्थित समुदायका महिलाहरु बीच क्यान्सर रोग, यसको असर, क्यान्सर विरुद्धको लडाईलाई कसरी प्रभावकारी बनाउने, क्यान्सर रोग संग लडाई जितेकी महिलाको अनुभव, क्यान्सर विरुद्ध स्थानिय स्वास्थ्य स्वयम्सेविकाले गर्नु भएको सकारात्मक भूमिकाका बारेमा छलफल कार्यक्रम गरि सम्पन्न गरेको छ ।
पाचौँ दिनको छलफल कार्यक्रम कागेस्वरी मनोहरा नगरपालिका ४ स्थित महिला जागरण बचत तथा रिण सहकारी सस्थाको सहकार्यमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा काठमाण्डौ जिल्ला सहकारी सघँका सदस्य एवं लोखा समिति संयोजक अनिता अधिकारीले नेपालमा पुरुषमा भन्दा महिलामा क्यान्सरको जेखिम बढि रहेकोले महिला बढि सर्तक हुनु पर्ने बताउनु भयो । सरकारले सुरु गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपका वारेमा स्थानिय स्तरमा प्रचार प्रसार गरि अभियानलाई सफल बनाउनु पर्ने नागरिको कर्तब्य रहेको वताउदै महिलाहरुलाई जागरुक हुन अनुरोध गर्नु भयो ।


मनोहरा जेसीजले स्थानिय स्तरमा क्यान्सर बिरुद्ध सचेतना फैलाएर नागरिक स्तरमा जागरुक बनाएको मा जेसीजलाई धन्यबाद दिनु भयो । त्यस्तै कार्यक्रमा महिला जागरण की अध्यक्ष अन्जु कुईकेलले यो पाचँदिने समुदाय सचेतना कार्यक्रम सफल भएकोा बताउनु भयो । कार्यक्रममा बोल्दै कुईकेलले मनोहरा जेसीजले गर्ने आगामी सचेतना कार्यक्रममा सहकारीको सहयोग रहने बताउनु भयो । कार्यक्रममा क्यान्सर रोग संग विजयी हुनुभएकी महिलाको रोग जित्दाको अनुभव सुनाउनु भएको थियो । त्यस्तै स्वास्थ्य स्वम्सेविकाले स्थानिय स्तरमा क्यान्सर रोग विरुद्ध गर्नुभएको सचेतनाका बारेमा चर्चा गरिएको थियो ।
५ दिवसिय अभियान कार्यक्रम मनोहरा जेसीज बर्ष २०२५ का उपाध्यक्ष विबस न्योपानेको संयोजकत्वमा ५ दिन संचालन भएको थियो भने आभियानको समापन कार्यक्रममा मनोहरा जेसीज बर्ष २०२५ का महासचिव सक्षम खड्काले सचेतना अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद प्रदान गर्नु भएको थियो । समापन कार्यक्रम कार्यक्रम मनोहरा जेसीज बर्ष २०२५ का अध्यक्ष उमेश भट्टराईको संयोजकत्व तथा महिला जागरण की अध्यक्ष अन्जु कुईकेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














