काठमाडौं । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी)को अफसोर क्याम्पस स्थापना गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन्।

दुई देशबीच जारी संयुक्त दृष्टिकोणपत्रमा नेपालमा आईआईटीको शाखा वा क्याम्पस स्थापना गर्ने विषय समेटिएको छ। साथै, नेपाली युवालाई सीप तथा रोजगारीका लागि आवश्यक तालिम दिन भारतको सहयोगमा व्यावसायिक तालिम प्रतिष्ठान स्थापना गरिने भएको छ।

भारतले नेपालमा स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्न पनि सहयोग गर्ने जनाएको छ। नेपाली विद्यार्थीका लागि कानुन, प्रविधि तथा नयाँ क्षेत्रमा भारतमा छात्रवृत्ति र तालिमका अवसर विस्तार गरिने बताइएको छ।

आईआईटी क्याम्पस कहाँ र कहिले स्थापना हुने तथा कुन आईआईटीअन्तर्गत सञ्चालन हुने भन्ने विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ