७ मंसिर, काठमाडौं । नेपाल र भारतबीच पञ्चेश्वर, सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनालगायत निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिने सहमति भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त दस्तावेजमा जलस्रोतको पारस्परिक लाभका लागि उपयोग गर्ने तथा बाढीबाट हुने क्षति न्यूनीकरण गर्न यस्ता आयोजनालाई गति दिने उल्लेख गरिएको छ।



भारतले नेपालको जलविद्युत् तथा प्रसारण पूर्वाधारमा थप लगानीलाई प्रोत्साहन गर्ने र नेपालले त्यस्तो लगानीका लागि आवश्यक सहजीकरण गर्ने सहमति भएको छ। साथै, बजारको माग र पारस्परिक लाभका आधारमा दुई देशबीच विद्युत् व्यापार विस्तार गर्ने सम्भावना खोजिने जनाइएको छ।
नेपाल र भारतले सौर्य तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको विकासमा पनि सहकार्य गर्ने भएका छन्। नेपालमा ग्रिन हाइड्रोजनसम्बन्धी पाइलट परियोजना सञ्चालन गर्ने सहमति समेत भएको छ।
त्यस्तै, विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको छ। यसअन्तर्गत जल तथा मौसमसम्बन्धी तथ्याङ्क, हिमताल अनुगमन र पूर्वसूचना प्रणालीको वास्तविक समयमै दोहोरो आदानप्रदानलाई संस्थागत गरिनेछ।
दुवै देशका सम्बन्धित निकायबीच संयुक्त विपद् प्रतिकार्य अभ्यास, क्षमता अभिवृद्धि, तालिम तथा मानवीय सहयोगलाई समेत थप प्रभावकारी बनाउने सहमति भएको दस्तावेजमा उल्लेख छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













