२ चैत, काठमाडौं ।


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा विशेष अदालतको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
विशेष अदालतले प्रतिवादीहरू उपर विभिन्न मितिमा दिएका थुनछेक आदेश बेरीतका रहेको दाबी गर्दै पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै सोमबार अख्तियारले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
ख्तियारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै गत मंसिर २१ गते पाँच जना पूर्व मन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोबापत प्रतिवादीसँग भ्रष्टाचार बराबरको बिगो रकम असुल गरी कैद सजायको माग गरिएको थियो ।
सोही मुद्दामा विशेष अदालतले फागुन १२ गते प्रतिवादीमध्येका सुशील घिमिरेलाई डेढ लाख, फागुन २५ गते सुमनकुमार श्रेष्ठ र रञ्जनकृष्ण अर्याललाई एक लाख धरौटी मागेर पुर्पक्षको मौका दिएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














