

काठमाडौँ।
चीनमा हिमताल फुटेपछि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठुलो मानवीय सङ्कट पैदा गरेको छ ।
पछिल्लो प्राप्त विवरण अनुसार २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ र २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाका ७८ जना कर्मचारी तथा कामदारहरू बाढीपछि सम्पर्कविहीन भएका छन् । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत १८ जना कर्मचारी बाढीमा परेर बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा ८ जना कोरियन नागरिक र १० जना नेपाली कर्मचारी रहेका छन् । बाढीको समयमा आयोजना स्थलमै रहेका उनीहरू हालसम्म सम्पर्कमा नआएको आयोजना स्रोतले जनाएको छ ।
त्यस्तै, सोही आयोजनाका २०० जना कामदार र १० जना कोरियन प्राविधिकहरू विद्युत् गृह नजिकै सुरक्षित स्थानको खोजी गर्दै उद्धारको पर्खाइमा रहेका छन्। सडक सञ्जाल र सञ्चार सम्पर्क विच्छेद भएकाले उनीहरूलाई तत्काल उद्धार गर्न कठिनाइ भइरहेको छ। उनीहरूले सुरक्षित स्थानबाट उद्धारका लागि सरकार र सरोकारवाला निकायसँग हारगुहार गरिरहेका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










