गोरखा, १० भदौः


भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ । राति ९ः०० बजेसम्ममा गोरखातर्फ १८ वटा शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।
“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उहाँले भन्नुभयो । शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उहाँको भनाइ छ ।
जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी–१ बुट्टार, वडा नं ४ फेवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा उक्त शवहरू फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










