गण्डकी, १० भदौः पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली पठाउने भएको छ ।

नगरप्रमुख धनराज आचार्यले सहायता टोलीलाई कुन ठाउँमा पठाउने भन्ने विषयमा सुरक्षा निकायसँग आवश्यक परामर्श र समन्वय भइरहेको जानकारी दिनुभयो ।

प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । राहत तथा उद्धारका लागि महानगरपालिकाले सम्बद्ध निकायसँग सम्पर्क, समन्वय र सहजीकरण गरिरहेको प्रमुख आचार्यले बताउनुभयो ।

महानगरका तर्फबाट थप सहयोग र राहत सामग्री पठाइने उहाँको भनाइ छ । विपद्को घडीमा धैर्य, संयम र मानवीय भावना कायम राख्न सबैमा उहाँको आग्रह छ । आज बिहान आएको बाढीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि यहाँका अन्य स्थानीय तहले पनि राहत रकम घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ