अमेरिकाको भर्जिनियास्थित अदालतले नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्टलाई दोषी ठहर गरेको छ।

प्रिन्स विलियम काउन्टी अदालतमा भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो।

अभियोजन पक्षले मुद्दामा करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको जनाएको छ। नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए।

ममताका साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले ममता आत्महत्या गर्ने स्वभावकी नभएको बयान दिएकी थिइन्। त्यस्तै, नरेशका पूर्वरूममेट आकाश रचले उनीसँगको विवादका क्रममा नरेशले बन्दुक निकालेर धम्क्याएको बयान दिएका थिए।

फैसलापछि नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ। उनको सजाय निर्धारण सन् २०२७ मार्चमा हुने तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ