काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकले घरमै बसेर कर्जा आवेदनको अवस्था हेर्न सक्ने गरी ‘Loan Application Tracking’ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार यो सेवामार्फत ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदन कुन चरणमा पुगेको छ, कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रियाको अवस्था र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेट डिजिटल माध्यमबाट सहजै हेर्न सक्नेछन् ।



कर्जा आवेदनको प्रगति बुझ्न शाखा कार्यालयमा उपस्थित हुनुपर्ने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्थाको अन्त्य गर्दै बैंकले यो सेवा ल्याएको जनाएको छ । यसले ग्राहकको समय बचत गर्नुका साथै बैंकिङ सेवामा पारदर्शिता र सूचनामा सहज पहुँच बढाउने अपेक्षा गरिएको छ ।
कर्जा आवेदनको अवस्था हेर्न ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर र ‘Loan Application Tracking ID’ प्रयोग गर्न सक्नेछन् । यस्तै, कर्जा आवेदन स्वीकृत भएपछि सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत तत्काल जानकारी गराउने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।
बैंकले डिजिटल रूपान्तरण र निरन्तर नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै सेवा तथा प्रक्रियालाई थप सरल, छिटो, पारदर्शी र ग्राहक केन्द्रित बनाउँदै आएको जनाएको छ ।
‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै डिजिटल माध्यमको अधिकतम प्रयोग गरी आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेको बैंकको भनाइ छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













