२ मंसिर, हेटौँडा । तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ‘ब्रेक थ्रु’ गरिने भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गरिनेछ । राष्ट्रपति पौडेल बिहान साढे ९ बजे हेलिकप्टरमार्फत महादेवटार पुग्ने कार्यक्रम रहेको छ ।



मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । आज ब्रेक थ्रु गरिने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर रहेको छ । अर्को ३.४८६ किलोमिटर लामो सुरुङको गत भदौमै ब्रेक थ्रु भइसकेको छ ।
फास्ट ट्र्याकअन्तर्गत हाल सातवटा सुरुङ निर्माणाधीन छन् ।
नेपाली सेनाले द्रुतमार्ग निर्माणलाई १३ वटा प्याकेजमा विभाजन गरी काम अघि बढाएको छ । तीमध्ये प्याकेज १ देखि १० सम्मका विभिन्न उपप्याकेज निर्माण तथा कार्यान्वयनको चरणमा रहेका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













