मंसिर ६, काठमाडौं। कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्समा नेपालले आज आफ्नो दोस्रो खेल संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ। खेल बिहान ११:४५ बजे सुरु हुनेछ।
समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा भारत ‘ए’सँग पराजित भएको थियो। ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भएको थियो।



नेपाल रहेको समूहमा भारत ‘ए’, पाकिस्तान र यूएई छन्। भारत ‘ए’ र पाकिस्तानबीचको खेल पनि आजै दिउँसो ३:४५ बजे सुरु हुनेछ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













