काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।



यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले घटेको छ। शुक्रबार ३ हजार १ सय १० रुपैयाँ रहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंसिर लागेयता सुनको मूल्य प्रतितोला २४ हजार ६ सय रुपैयाँले घटिसकेको छ। मंसिर १ गते सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारसम्म आइपुग्दा यसको मूल्य २ लाख ४२ हजार ६ सय रुपैयाँमा झरेको हो।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













