६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् । उनको स्वागतका लागि विमानस्थलमा रेड कार्पेट बिछ्याइएको थियो ।

प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता, नेपाल–भारत बिजनेस फोरममा सहभागिता तथा भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ