तनहुँ । चिसो मौसमसँगै कुहिरो र सूर्योदयको मनमोहक दृश्य हेर्न तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ।
विशेषगरी बिहानको समयमा कुहिरोले ढाकिएको दमौली बजार तथा सूर्योदयको दृश्य हेर्न पर्यटक मानुङकोट पुग्ने गरेका छन्। चिसो बढेसँगै मानुङकोटको वातावरण थप रमणीय बनेको स्थानीयले बताएका छन्।



स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै होटल तथा अन्य स्थानीय व्यवसायमा पनि चहलपहल बढेको छ। मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
वडाध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार दैनिक तीनदेखि चार सयसम्म पर्यटक मानुङकोट पुग्ने गरेका छन्। कतिपय पर्यटक अघिल्लो रात नै मानुङकोटमा बसेर बिहान कुहिरो र सूर्योदयको दृश्य हेरी फर्किने गरेका छन्।
कुहिरोले ढाकिएको दमौली बजार, सूर्योदय र आसपासका हिमाली तथा पहाडी दृश्यका कारण मानुङकोट पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













