काठमाडौँ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले उक्त सहायता घोषणा गरेको हो।

संयुक्त विज्ञप्तिअनुसार कुल सहायता रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।

भारतले दिने ५६ अर्ब रुपैयाँ अनुदानमध्ये ३ हजार ५ सय करोड भारतीय रुपैयाँ अर्थात् करिब ५६ अर्ब नेपाली रुपैयाँ रहनेछ। यो रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनामा प्रयोग गरिने जनाइएको छ।

त्यस्तै, १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण नेपालको ऊर्जा क्षेत्रका परियोजनामा लगानी गरिने विज्ञप्तिमा उल्लेख छ।

यसरी भारतको घोषणा गरिएको कुल २ खर्ब ४० अर्ब रुपैयाँ सहयोगमा अनुदानभन्दा ऋणको हिस्सा बढी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ