९ चैत, काठमाडौं । उदयपुर गाईघाटका ३३ वर्षीय अमृत झा इरानी सेनाको नियन्त्रणमा छन् ।
इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो ।


इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।
उनका दाइ पर्ने सुनिल ठाकुरका अनुसार इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेको केही दिनपछि पक्राउ परेकोबारे घरपरिवारलाई जानकारी गराएका थिए ।२/३ दिन अगाडि नयाँ नम्बरबाट ह्वाट्सएपमा भ्वाइस म्यासेज पठाएका थिए । जसमा उनले ‘म लगायत २ जना भारतीयलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लियो, उद्धारका लागि नेपाल सरकारसँग पहल गरिदिनुहोला,’ भनेका थिए ।
त्यसपछि भ्वाइस म्यासेज आएको नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।इरानी सेनाले नियन्त्रणमा लिएको छ भनेर ह्वाट्सएपमा भ्वाइस मेसेज पठाएपछि उनकी दिदी पूजा झाले कन्सुलर सेवा विभागमा भाइको उद्धारका लागि निवेदन दिएकी थिइन् ।‘घरमा मजाले सम्पर्क भइराखेको थियो, यो काम सकेपछि नेपाल आउने भन्ने कुराहरू भइराखेको थियो,’ दाइ सुनिलले भने, ‘त्यही बेला फर्किने क्रममा पक्राउ पर्यो ।’
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














