नयाँदिल्ली, ३० जेठ
भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार उत्तरपूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

यस क्षेत्रमा कार्गो र आपूर्तिका लागि प्रयोग गरिने दुई इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान, आसामको राजधानी दिसपुरबाट लगभग २९८ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको आइएएफ स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

अहिलेसम्म, दुर्घटनामा हताहत भएको कुनै रिपोर्ट गरिएको छैन ।

दुर्घटना पछि, वरिष्ठ आइएएफ अधिकारीहरू उद्धार र उद्धार अधिकारीहरुको समन्वयमा घटनास्थलमा उद्धार आगो नियन्त्रण गरेको बताइएको छ ।

दुर्घटनाको कारण आल सम्म पत्ता नलागेको जनाउदै आइएएफले अनुसन्धानको लागि निर्देशन दिइ सकेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ