१३ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् ।

‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ मन्त्री तिमिल्सिनाले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’

प्रहरीले आज सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर धमाधम पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ