चमोली (उत्तराखण्ड), १३ कात्तिक :
भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ । बद्रीनाथबाट देहरादुन जाँदै गरेको चार्ली एक्स–रे कम्पनीको हेलिकप्टरले हाथी पर्वत क्षेत्रमा सम्पर्क गुमाएपछि जिल्ला प्रशासनले अर्को हेलिकप्टरमार्फत खोजी सुरु गरेको छ ।

उत्तराखण्डका विभिन्न भागमा वर्षा र हिमपात भइरहेका बेला केदारनाथ धाममा यस वर्षकै पहिलो भारी हिमपात भएको छ । मौसम विज्ञान केन्द्रका निर्देशक डा. सिएस तोमरका अनुसार अक्टोबर २९ मा उत्तरकाशी, टिहरी र हरिद्वारका आठदेखि नौ स्थानमा भारी वर्षा भएको थियो । आगामी केही दिन विशेषगरी पहाडी जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासनले तीर्थयात्रीको सुरक्षाका लागि सतर्कता बढाएको छ । जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले आपत्कालीन सञ्चालन केन्द्रलाई सक्रिय राख्दै सडक तथा गङ्गोत्री र यमुनोत्री मन्दिर क्षेत्रको सीसीटीभीमार्फत निगरानी गर्न निर्देशन दिनुभएको छ । प्रशासनले तीर्थयात्रीलाई चिसोबाट जोगिन र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ