जुम्ला । जिल्ला निर्वाचन कार्यालय जुम्लाले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा एक हजार २८९ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ ।

कार्यालयका प्रमुख दीपेन्द्र कँडेलका अनुसार मृत्यु भएका ८१५ जना र दोहोरो नाम दर्ता भएका ४७४ जनाको नाम खारेज गरिएको हो ।

दोहोरो नाम हटाउने क्रममा तिला गाउँपालिकाका ८०, पातारासीका ६४, कनकासुन्दरीका ५९, तातोपानीका ६०, सिंजाका ४८, गुठीचौरका ३७, हिमाका ५० र चन्दननाथ नगरपालिकाका ७६ जनाको नाम हटाइएको निर्वाचन अधिकारी कँडेलले जानकारी दिए ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा जुम्लामा ३४ हजार २८० महिला र ३७ हजार ४१५ पुरुष गरी कुल ७१ हजार ६९५ मतदाता कायम थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ