काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ।
आज दिउँसो कोशी प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेकाले बिहान र बेलुका यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













