काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित पशु विकास अधिकृत डा. सरोज खतिवडासँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै खतिवडालाई निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम कारबाही किन नगर्ने भन्दै ३० दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

यसअघि पनि मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ११० बमोजिम १५ दिनभित्र सफाइ पेस गर्ने मौका दिएको थियो। तर, खतिवडाले कुनै जवाफ नदिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार खतिवडा स्वीकृत बिदाबिना लगातार ९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित छन्। वैदेशिक अध्ययन पूरा गरेपछि तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा हाजिर नभएको पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ