धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबीच रेल सेवासँगै हवाई सेवा पनि सञ्चालन गर्न प्रधानमन्त्री बालेन्द्र (बालेन) साहसँग आग्रह गरेका छन् ।

मंगलबार अयोध्या–जनकपुरधाम साप्ताहिक रेल सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले यस्तो आग्रह गरेका हुन् । उनले अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा सञ्चालन हुनु केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणको उपलब्धि भएको बताए ।

उनले रेल सेवाका लागि भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवाद दिँदै अयोध्या र जनकपुरधामबीच हवाई सेवा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री यादवले सीमावर्ती भारतीय नागरिकलाई २४ घण्टासम्म भन्सार छुटको व्यवस्था गर्न पनि माग गरे । भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी ठूलो सङ्ख्यामा भारतीय नागरिक जनकपुरधाम आउने भएकाले यस्तो सुविधा दिनुपर्ने उनको भनाइ थियो ।

यसैगरी, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले अयोध्या–जनकपुरधाम रेल कनेक्टिभिटीले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको रेल सेवाले दुवै धार्मिक सहरलाई जोड्दै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले बताए ।
अयोध्या–जनकपुरधाम रेलसँगै हवाई सेवा सञ्चालन गर्न मुख्यमन्त्री यादवको आग्रह

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ