काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतले यस विषयमा अन्तिम फैसला हुँदा नै निर्णय हुने भन्दै तत्कालका लागि सरकारको निर्णय कार्यान्वयन रोक्न आवश्यक नरहेको आदेश दिएको छ । यससँगै दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय तत्कालका लागि यथावत् रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ