काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण गराएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अस्पतालका अनुसार राष्ट्रपति पौडेलले नियमित स्वास्थ्य परीक्षण गराएका हुन् । स्वास्थ्यमा कुनै समस्या आएर अस्पताल भर्ना नभएको अस्पतालले स्पष्ट पारेको छ ।



अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले पौडेलको ओपीडीमा स्वास्थ्य परीक्षण गरिएको जानकारी दिँदै परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको बताए ।
उनका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा कुनै समस्या नरहेको र नियमित चेकजाँचका लागि मात्र अस्पताल आएका थिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














