काठमाडौँ, ३ जेठ
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई अहिले राजनीतिकरूपमा भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताउनुभएको छ ।
मदन–आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा पार्टीद्वारा आज आयोजित श्रद्धाञ्जलिसभामा उहाँले राजनीतिक संरक्षणमा बढ्दै गइरहेको भ्रष्टाचारले देश विकासमा अवरोध पु¥याएको बताउनुभयो । विश्वभर रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिष्ट विचार तथा आन्दोलनलाई उचाइमा पु¥याएको अध्यक्ष नेपालले बताउनुभयो । कुशल सङ्गठक जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनरुप सङ्गठन निर्माणमा योगदान गरेको उहाँको भनाइ थियो ।


पार्टीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट आदर्शका वैचारिक योद्धाका रूपमा मदन–आश्रितका योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिँदै उहाँहरूको निधनले देशको लोकतान्त्रिक आन्दोललाई ठूलो क्षति पुगेको बताउनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










