कास्की, ६ मङ्सिर
कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्नुभएको छ ।

जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिनुभएको थियो । पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई चार हजार आठ सय ५१ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई रास्वपाका कँडेलले चार हजार सात सय सात मतसहित पछ्याउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले तीन हजार दुई सय सात मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की पाँच हजार नौ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले चार हजार छ सय १२ मतसहित पछ्याइरहनुभएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ