१५ भदौ, काठमाडौं

। इजरायलले गाजामा गरेको आक्रमणमा हमासका सैन्य प्रमुख मोहम्मद सिनवारको मृत्यु भएको छ । हमासले सिनवारको मृत्यु भएको पुष्टि गरेको हो ।

केही महिनाअघि इजरायलले गाजामा गरेको आक्रमणमा सिनवार मारिएको दाबी गरेको थियो । हमासले सिनवारको मृत्युबारे केही जानकारी दिएको थिएन ।

तर, हमासले पछिल्लो पटक जारी गरेको तस्वीरमा सिनवारलाई शहीद भनेको समाचार संस्था रोयटर्सले जनाएको छ । रिपोर्ट अनुसार मोहम्मद सिनवार हमासका शीर्ष नेता याह्या सिनवारका भाइ हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ