एथेन्स, २१ मङ्सिर (रासस/सिन्ह्वा)ः
ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् ।


ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना नपाउँदा र चिसोको असरले उनीहरूको मृत्यु भएको हुन सक्ने बताइएको छ ।
उद्धार भएका दुई व्यक्ति अधिकारीहरूलाई बताएअनुसार, खराब मौसमका कारण उनीहरू घण्टौँसम्म सुरक्षित स्थान नपाई सङ्घर्ष गर्दै थिए । ग्रीस तटरक्षकका अनुसार मृतक डुङ्गा फेला पर्नुअघि एक दिनभन्दा बढी समयदेखि मृतावस्थामा थिए ।
उक्त घटनाबारे ग्रीसका अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














