तेहरान ।



संयुक्त अमेरिका र इजरायलको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि इरानले मध्यपूर्वका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य अखडा र रणनीतिक केन्द्रहरूमा भीषण प्रतिशोधात्मक आक्रमण जारी राखेकोइरानी आक्रमणका कारण बहराइनको मनामास्थित मिना सलमान बन्दरगाह नजिकैको समुद्री केन्द्रमा ठूलो आगलागी भएको छ।
बहराइनको गृह मन्त्रालयले यसलाई इरानी आक्रामकताको संज्ञा दिँदै नागरिक रक्षा टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको पुष्टि गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा उक्त क्षेत्रबाट बाक्लो धुवाँको मुस्लो निस्किएको देखिन्छअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणमा मारिएका तीन अमेरिकी सैनिकको मृत्युको बदला लिने प्रतिज्ञा गर्दै आगामी दिनमा थप मानवीय क्षति हुन सक्ने चेतावनी दिएका छन्। उनले इरानी जनतालाई इस्लामिक गणतन्त्रको शासन सत्ता ढाल्न र विद्रोह गर्न समेत आह्वान गरेका छन्।
सिरियाको दमासकस नजिकै ऐन तेर्मामा इरानी मिसाइलको भग्नावशेष खस्दा एकै परिवारका बाबु र तीन छोरी घाइते भएका छन्। इरानले कतार, बहराइन, जोर्डन, ओमान, कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका विमानस्थल, आवासीय भवन र होटलहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ।खाडी मुलुकहरूले इरानी आक्रमणको प्रतिकार गर्ने र आफ्नो रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














