काठमाडौं ।


इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ ।
कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो ।कतारको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानबाट मंगलबार राति प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रले कतारलाई निशाना बनाएको उल्लेख छ । तीमध्ये एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरयसैबीच मन्त्रालयले नागरिक, बसोबास गर्ने विदेशी तथा आगन्तुकलाई शान्त रहन, आधिकारिक निर्देशन पालना गर्न र हल्लाको सट्टा प्रमाणित सूचनामा भर पर्न आग्रह गरेको छ क्षा प्रणालीले रोकेको र अर्को राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद सैन्य अड्डामा खसेको उल्लेख छ ।शनिबार अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेर सर्वोच्च नेता अली खामेनीको ज्यान लिएपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा लक्षित गरी आक्रमण जारी राखेको छ । यस लडाइँबाट तनाव चुलिएको छ । उक्त आक्रमणमा करिब ८०० जनाको ज्यान गइसकेको जनाइएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














