१४ भदौ, काठमाडौं


। इन्जिनियरिङ तथा प्राविधिक पेशागत संस्थाहरूले बाढीबाट प्रभावित भएकाहरूको खोज, उद्धार तथा राहत कार्यमा सहकार्य गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारलाई अपिल गर्दै संस्थाहरूले चार बुँदे माग राखेका छन् । निजी क्षेत्रलाई हेलिकप्टर सेवा उपलब्ध गराउने प्रक्रिया सहजीकरण गर्न उनीहरूको माग छ ।
‘विपद् प्रभावित दुर्गम क्षेत्र तथा जलविद्युत् आयोजना स्थलमा खोज, उद्धार र अत्यावश्यक राहत पुर्याउन निजी क्षेत्रका जलविद्युत् आयोजना प्रवर्धकहरूलाई हेलिकप्टर सेवा प्रयोग गर्न आवश्यक अनुमति, समन्वय र प्रशासनिक प्रक्रिया शीघ्र तथा सहज बनाइदिन अनुरोध गर्दछौँ,’ अपिलमा भनिएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










