रेवा घिमिरे
इनरुवा, ६ वैशाख



Swollen Saptakoshi River after incessant rainfall at the Koshi Barrage in Saptari-Sunsari border, on Saturday, July 23, 2016. Photo: Byas Shankar Upadhyaya
सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएकामध्ये झापा दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । बेपत्ता भएका दमक–९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी¬–७ का १८ वर्षीय राज गुरागाईंको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














