राष्ट्रिय समाचार समिति रसुवा, ९ भदौः वर्षाका कारण मानसरोवर कैलास जाने चीन तर्फको भू–भागमा शुक्रवार रातिदेखि अवरुद्व सडक आजदेखि सञ्चालनमा आएको छ । केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलास जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् ।
मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरीपुलबाट आउजाउ गर्न थालेका छन् । सडक अवरुद्ध हुँदा कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका थिए । रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पु¥याई गन्तव्य जान थालेका प्रजिअ खनालले जानकारी दिनुभयो । रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरी यथेष्ट सहयोग गरेको प्रजिअ खनालले बताउनुभयो ।


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














