एजेन्सीकाठमाडौँ


। प्रतिनिधि सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । हालसम्मको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्ट बहुमत प्राप्त गरेको छ
नेपालको निर्वाचनलाई लिएर छिमेकी मुलुक भारतले पनि निकै चासो दिएको भारतीय मिडियामा प्रकाशित समाचारबाट बुझ्न सकिन्छ।
नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको अवस्थामा नेपालमा बन्ने नयाँ सरकारलाई लिएर भारतीय मिडियाले निकै उत्सुकताका साथ समाचार प्रकाशन गरेका छन् । खासगरी बालेन शाहको जितलाई उनीहरूले निकै प्राथमिकता दिएका छन् नेपालमा पहिलो पटक मधेसी मूलको युवालाई प्रधानमन्त्री बन्ने बाटो सहज भएको भन्दै विभिन्न भारतीय मिडियाले समाचार प्रकाशन गरेका छन् ।नवभारत टाइम्सले आफ्नो समाचारमा नेपालका परम्परागत दलको ठाउँमा रास्वपा र बालेन शाहजस्ता युवा नेतालाई जनताले रोजेको उल्लेख गरेको छ । ‘के रास्वपाले ठुलो परिवर्तन ल्याउन सक्छ या प्रचण्डले जस्तै जनताको भरोसा गुमाउँछ ?’ समाचारमा प्रश्न पनि गरिएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














